निर्जीवन बिमाको प्रिमियम वृद्धि र सीमा ताेक्नुमा महासंघकाे आपत्ति

काठमाडौं । निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्युनतम सीमा तोकिएकोमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिमा समितिले गएको असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियदर सम्बन्धी परिपत्रबाट निर्जीवन बिमाको प्रिमियम वृद्धि गरी न्युनतम सीमा तोकेको प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढन जानेछ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ÷संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बिमा समितिले जारी गरेको निर्देशनमा बिमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् ।
यस विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ । यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बिमा कम्पनीहरुलाई गैर शुल्क बिमा व्यवसायका लागि न्यूनतम प्रिमियदर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघ आग्रह गरेको छ ।
खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा रहेको छ । साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले गम्भीर हुनसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया