सिन्धु विकास बैंकको दोलालघाट शाखा प्रमुख पक्राउ

काठमाडौं । क्षेत्रियस्तरको सिन्धु विकास बैंकमा भएको घोटाला प्रकरणमा उक्त बैकको दोलालघाट शाखा प्रमुख पक्राउ परेका छन् ।
केन्द्रिय अनुसन्धान व्युरो सिआईका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार सिन्धु विकास बैंकका दोलालघाट शाखा प्रमुख सुमन खरेललाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको हो ।
सिन्धु विकास बैंक लिमिटेड काभ्रे, दोलालघाट शाखाले दैनिकरुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एनसीसी बैंक सिन्धुपाल्चोक, बाह्रविसे शाखामा रहेको सिन्धु विकास बैंकको खातामा नियमित रुपमा जम्मा गर्ने गरेको थियो ।
तर सिन्धु विकास बैंकको दोलालघाट शाखामा कार्यरत शाखा प्रमुख खरेलले १ करोड ७९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ एनसीसी बैंकको खातामा जम्मा नगरी आफुले रकम निकाली बैकको सम्पत्ति अपचलन गरि बैकिङ कसूर गर्ने कार्यमा संलग्न रहेको देखिएको आधारमा कात्तिक आठ गते पक्राउ गरी उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरिएको प्रवक्ता प्रहरी उपरीक्षक महतोले जानकारी दिएका छन् ।
पक्राउ परेका खरेलउपर हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानूनी कारबाही भइरहेको प्रवक्ता महतोको भनाइ छ ।
प्रतिक्रिया