सोमबार, जेठ ७, २०८१

सिंहदरबारमा एक राउण्ड गोली फायर

नेपालखोज २०७८ कार्तिक १० गते २१:४०

काठमाडौं । जाँचका क्रममा आज दिउँसो सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो ।

संसद् सचिवालयको भवन नम्बर २ मा यो घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । ड्युटी सकेर पेस्तोल जाँच गर्ने क्रममा गोली फायर भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया