सोमबार, जेठ ७, २०८१

टी–२० विश्वकप : नामिबिया ४ विकेटले विजयी

नेपालखोज २०७८ कार्तिक ११ गते ६:२९

काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत हिजो सम्पन्न खेलमा नामिबियाले स्कटल्यान्डलाई हराएको छ ।

आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराउँदै नामिबियाले जारी विश्वकपमा विजय सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ बल बाँकी छँदा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

त्यस्तै, हिजै भएको पहिलो खेलमा इंग्यान्डले बंगलादेशलाई हराएको छ । आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै इंग्यान्डले जारी विश्वकपमा विजय यात्रालाई कायम राखेको हो । इंग्यान्डले यसअघि वेस्ट इन्डिजलाई हराएको थियो ।

प्रतिक्रिया