सोमबार, जेठ ७, २०८१

अफगानिस्तानमा पानी संकट : नागरिक भन्छन्, ‘युद्धभन्दा गाह्रो भयो’ (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ११ गते ७:५०

काबुल । अलजजिरा लेख्छ – अफगानिस्तानको दुर्गम जिल्ला बाला मुर्गबका किसानलाई युद्धभन्दा खतरनाक पीडा सुरु भएको छ । त्यो पीडा जलवायु परिवर्तनले दिएको हो ।

अहिले त्यहाँ पानीको समस्या उच्च छ । खेतबारी पानी नभएर चिरा चिरा परेका चर्किएका छन् । यहाँका नागरिकले पानी कै लागि दिन बिताउनुपर्ने अवस्था छ भने दैनिकी पानी खोज्दैमा बित्ने गरेको छ ।

पश्चिमा मुलुकको समर्थन रहेको सरकारमाथि तालिबानले बलपूर्वक विजय हात पारे पनि नागरिकको समस्या नबुझेको किसान बताउँछन् ।

पानीको चरम अभावका कारण कतिपय पशुपालकले आफ्ना चौपाया बेच्न बाध्य छन् । त्यस्तै आमाबुवाले आफ्ना छोरीको सानै उमेरमा विवाह गराइरहेका छन् ।

उनीहरूले गाँसका लागि विवाहका नाममा आफ्नै छोरीको ‘बिक्री’ गरिरहेको समाचारमा आउने गरेको । स्थानीय किसान हजी रशिद खानका अनुसार उनका २० परिवारले यस वर्ष खानाकै लागि आफ्ना छोरीहरूको उमेर नपुग्दै विवाह गराइदिएका छन् ।

प्रतिक्रिया