प्रतिनिधि सभाको बैठक बस्दै, दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने

नेपालखोज २०७८ कार्तिक ११ गते ८:२७

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने कार्यसूची छ ।

यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।

सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।

प्रतिक्रिया