एमाले स्थायी कमिटी बैठक बस्दै, के छन् बैठकका एजेन्डा ?

नेपालखोज २०७८ कार्तिक ११ गते ८:३५

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा बैठक बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक अपराह्न ४ बजे बस्नेछ ।

तामाङले आजको स्थायी कमिटी बैठकका दुई वटा एजेन्डा रहेको बताएका छन् । बैठकमा वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ ।

त्यस्तै, आगामी राष्ट्रिय महाधिवेशन पनि स्थायी कमिटी बैठकको एजेन्डा रहेको छ । जसमा महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुने भएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्र बाहेक देशभर एमालेका वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । अब जिल्ला र प्रदेश अधिवेशन हुनेछ ।

प्रतिक्रिया