प्रधानन्यायाधीश राणाले तोके ८ इजलास
नेपालखोज
२०७८ कार्तिक ११ गते १२:१७

काठमाडौं । सर्वोच्च अदालतले आजका लागि ८ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफूसहितका ८ वटा इजलास तोकेका हुन् ।
सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् । सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् ।
तर बुधबार उनले आफ्नो एकल इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गरेका थिए ।
बिहीबारका लागि पनि उनले आफ्नो एकलसहित ८ इजलास तोकेका हुन् । प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।
बिहीबारका १६७ मुद्दाको पेशी तोकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया