मन्त्री झाँक्री अस्पताल भर्ना

नेपालखोज २०७८ कार्तिक ११ गते १२:५६


काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय गएकी थिइनन्’, सहयोगी तामाङले भने, ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहेका छन् ।’ मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । रासस

प्रतिक्रिया