शुक्रबार, चैत १६, २०८०

उड्ने बाइकको बिक्री सुरू !

नेपालखोज २०७८ कार्तिक ११ गते १५:२०


काठमाडौं । जापानको एक स्टार्टअप कम्पनीले आफ्नो होवरबाइक अर्थात् उड्ने बाइक सार्वजनिक गरेको छ । ड्रोन बनाउने कम्पनी एएलआई टेक्नोलोजीको यो बाइक एक सय किलोमिटर प्रति घण्टाको रफ्तारले ४० मिनेटसम्म उड्न सक्ने बताइएको छ ।

कम्पनीका अनुसार ‘एक्स टुरिजमो लिमिटेड एडिसन’ नामको यो बाइकलाई तत्काल जापानका आम सडकमा उडाउने अनुमति छैन । यसलाई सहरभन्दा टाढा खुला ठाउँमा मात्र उडाउन सकिनेछ ।

A.L.I. Technologies ले XTURISMO Limited Edition को बुकिङ २६ अक्टोबरदेखि खुला भएको बताएको छ । हाललाई यो फ्लाइङ बाइक केवल २०० युनिट तयार गरिने बताइएको छ ।

कालो र रातो दुई रंगमा उपलब्ध हुने यो होवरबाइकको बडी मोटरसाइकल जस्तै देखिन्छ । यो बाइक रेस्क्यु टिमहरुले अप्ठ्यारो ठाउँमा पुग्नका लागि प्रयोग गर्न सक्ने बताइएको छ । यो उड्ने बाइक नेपाल जस्तो पहाडै-पहाड र बिकट क्षेत्रहरु भएको ठाउँमा बढी उपयोगी हुन सक्छ ।

पुरै संसारमा होड
उड्ने वाहन बनाउने होडमा संसारभरका अनेकौं कम्पनी लागि परेका छन् र ती कम्पनीले राम्रो लगानी पनि गरिरहेका छन् ।

यही सालको जुन महिनामा उद्योगपति मैथ्यु पियर्सनले एक इलेक्ट्रिक फ्लाइङ कार प्रस्तुत गरेका थिए । यो कार रिमोटका माध्यमबाट सञ्चालित हुन्छ । पियर्सनको यो कार खासगरी रेसिङका लागि निर्माण गरिएको हो । अगस्त २०२० मा लिफ्ट एयरक्राफ्ट कम्पनीले eVTOL नामको यो वाहनको परीक्षण गरेको थियो । उक्त परीक्षण अमेरिकी सेनासँग मिलेर गरिएको थियो ।

यसैगरी गएको जुलाईमा एयरकार वी फाइभले आफ्नो टेस्ट फ्लाइट सम्पन्न गरेको थियो । केवल तीन मिनेटमा यो कार सामान्य कारबाट उड्ने कारमा परिवर्तित हुन्छ । यो कारको डिजाइन प्रोफेसर स्टेफान क्लाइनले गरेका हुन् । २०१७ मा एरोमोबिल कम्पनीले यो उड्ने कारको परिक्षण गरेको थियो जुन ७०० किलोमिटरसम्म उड्न सक्छ । यो कार १० हजार मिटरको उचाएसम्म पुग्ने दाबी गरिएको छ ।

यो Hoverbike को नाम XTurismo Limited Edition राखिएको छ भने यसमा एउटा कन्वेन्सनल इन्जिन र मोटरलाई पावर दिन चार वटा ब्याट्री जडान गरिएको छ । यो उडने बाइकको मूल्य ७७.७ मिलियन जापानी ऐन (लगभग ८ करोड १५ लाख रुपैयाँ ) राखिएको छ ।

प्रतिक्रिया