विद्युत महसुल दर घटाउने निर्णयको महासंघद्वारा स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महसुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरकेो छ । कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।
विद्युत डिमाण्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा गएको असोज १२ गतेमात्रै उर्जा मन्त्रीलाई भेटी सुझाव समेत दिइएको थियो । महासंघको सुझाव अनुसार नै डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ ।
यसका लागि महासंघ माननीय उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, मन्त्रालयका अधिकारीहरु, विद्युत नियमन आयोग, प्राधिकरण पदाधिकारीलाई धन्यवाद दिन्छ, महासंघलले विज्ञप्ती मार्फत भनेको छ ।
यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ । महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि विद्युत महशुल न्यून गरि अन्य शुल्क समेत हटाउँदै जानु पर्ने र उद्योगहरुलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।
विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

प्रतिक्रिया