‘नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई उठाउनुपर्छ’

काठमाडौं । आगामी अक्टोबर ३१ मा हुने कोप २६ शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जन नियन्त्रण गर्न गरेको प्रयासको विषयलाई उठाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
जलवायु परिवर्तनसँग जोडिएका विश्वव्यापी मुद्धाहरु बारे छलफल गर्न आगामी अक्टोबर ३१ मा बेलायतको ग्लासगोमा कोप २६ शिखर सम्मेलन हुँदैछ ।
सो शिखर सम्मेलनमा नेपालले कार्बन उत्सर्जनलाई न्यूनिकरण गर्नका लागि वन जंगललाई जोगाएर वातावरण संरक्षण गर्दै आएको विषय उठाउनुपर्ने सरोकारवालाले बताएका हुन् ।
बिहीवार (आज) परराष्ट्र मामिला अध्यययन प्रतिष्ठानले विज्ञहरुसँग राखेको छलफल कार्यक्रमा उपस्थित विज्ञहरुले सो सुझाव राखेका प्रतिष्ठानका सुचना अधिकृत सानुराजा पुरीले बताए ।
जलवायु परिवर्तनको असर नेपालमा प्रष्ट रुपले देखिन थालेको भन्दै उनले ति मुद्धाहरु उठाएर समाधानको प्रयास गर्नुपर्ने विषयमा केन्द्रीत रहेर विज्ञहरुसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया