बुधबार, वैशाख २६, २०८१

आर्यन खानले पाए २५ दिनपछि जमानत

नेपालखोज २०७८ कार्तिक ११ गते १७:४४

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन् । बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानत आदेश दिएको हो । कोर्टमा तीन दिन यता जमानतको विषयमा लिएर सुनुवाई चलिरहेको थियो ।

अदालतले जमानतको निर्णय दिए पनि जमानत निर्णयको विस्तृत कपी भोलि सार्वजनिक हुनेछ । अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबार मात्र जेलमुक्त हुनेछन् । बिहीबार बम्बई हाई कोर्टमा ३ बजेबाट सुरु भएको सुनुवाईमा साँझ ४ः४५ बजे मात्र फैसला सुनाइएको थियो ।

आर्यन खानलाई एक क्रुजमा भएकाे कथित रेभ पार्टीकाे मामिलामा नारकाेटिक्स कन्ट्राेल ब्युराे एनसीबीले गएकाे अक्टाेबर ३ मा पक्राउ गरेकाे थियाे । 

प्रतिक्रिया