एएफसी यू २३ एसियन कप : नेपालको लगातार दोस्रो हार
नेपालखोज
२०७८ कार्तिक १२ गते ७:१९

काठमाडौं । गएराति सम्पन्न एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हारसँगै नेपाल छनोट समूह चरणबाटै बाहिरिएको छ ।
आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।
छनोटको समूह ’बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।
ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतवार लेबनानसँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनिको एसियन कपमा छनोट हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया