आज विश्व खाद्य दिवस मनाइँदै
नेपालखोज
२०७८ कार्तिक १२ गते ९:१६

काठमाडौं । आज ४१ औं विश्व खाद्य दिवस । नेपालमा हाम्रो पहल : उत्पादन र पोषणमा वृद्धि भन्ने नाराका साथ मनाइँदैछ । अरु देशहरुमा भने यस दिवसलाई अक्टोबर १६ मा मनाउँने गर्दछन् ।
१६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि संगठनको स्थापना गरेको थियो । नेपालले २०३८ सालदेखि यो दिवस मनाउँदै आएको छ ।
खाद्य दिवस मनाउनुको उद्देश्य विश्वमा भोकबाट पीडितको लागि कारबाही र जागरुकतालाई वृद्धि गर्न तथा सबैको लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्नु हो ।
सम्बन्धित

प्रतिक्रिया