गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
नेपालखोज
२०७८ कार्तिक १२ गते ९:३४

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले १ साताको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । आज बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले भ्रमण अवधिभरको जिम्मेवारी गृहमन्त्री खाँड दिएका हुन् ।
मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाँणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री देउवाले हिजो साँझ नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए ।
राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त नभएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया