नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु
नेपालखोज
२०७८ कार्तिक १२ गते १३:०६

लागोस । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको २ हप्तायता नाइजेरियाका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ ।
१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो ।
पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् । रासस\सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया