एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

नेपालखोज २०७८ कार्तिक १२ गते १३:१६

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकले स्थायी कमिटीले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

हिजाेकाे बैठकले चितवनमा हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको थियो । आजको केन्द्रीय कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा पनि हुने कार्यालय सचिव तामाङले जानकारी दिए ।

प्रतिक्रिया