बारमा विवाद, बहस गर्न जाँदा अधिवक्ता न्यौपाने कुटिए
नेपालखोज
२०७८ कार्तिक १२ गते १३:२२

काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक चलिरहदा कानुन व्यवसायी बिच हात हालाहाल भएको छ ।
बैठक जारी रहँदा अधिवक्ता भूमिनन्द चुडालले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिइरहेका अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।
इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ ।
‘न्यायालय विरुद्धमा किन बोलिस् भन्दै मलाई हात हाले’ चुडालले सञ्चारकर्मीलाई भने, ‘मेरो कोट पनि च्यात्तिएको छ । म आज बहस गर्न आएको थिए ।’
उनले यो विषयमा अब आपूm कानुनी प्रक्रियामा जाने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया