म्यानमारमा विद्यालय खुल्ने

नेपालखोज २०७८ कार्तिक १२ गते १४:२४


यांगुन । म्यानमारका विद्यालयहरु अर्को महिनादेखि खुल्ने भएका छन् । म्यानमारको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।

कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी सरकारले गरेको बताइएको छ ।

यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया