‘देशको अर्थतन्त्र वृद्धि गर्न उद्योग सञ्चालन गर्नुपर्छ’

नेपालखोज २०७८ कार्तिक १२ गते १५:२३

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु संचालन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार (आज) १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु संचालन गर्नुपर्ने बताएका हुन् ।

उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए । उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए । उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए । उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यपारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए । उनले सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको बताए ।

प्रतिक्रिया