एमालेको १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या थपियाे

नेपालखोज २०७८ कार्तिक १२ गते १७:३४

काठमाडौं । एमालेको १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या थप भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले महाधिवेश प्रतिनिधिको संख्या थप्न सुझाव दिएपछि स्थायी कमिटीले गरेको निर्णय संशोधन भएको हो ।

जसअनुसार अब आगामी १०औँ महाधिवेशनमा १,९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । यसअघि हिजोको स्थायी कमिटी बैठकले १,५३६ महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया