‘किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न सकिन्न’

नेपालखोज २०७८ कार्तिक १२ गते १८:४३

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका छन् । शुक्रबार काठमाडौंमा अयोजित ४१औँ विश्व खाद्य दिवसको अवसरमा मन्त्री यादवले किसानको समृद्धिबिना कृषिमा आत्मनिर्भर बन्न नसकिने भन्दै सबैभन्दा पहिला किसानको समृद्धिमा जोड दिनुपर्ने बताए ।

उनले बेमौसमी वर्षाले किसानको बालीनालीमा पुर्याएको क्षतिलाई मध्यनज गर्दै ५ अर्ब रुपैयाँको राहत प्याकेज घोषणा गरेको बताउँदै किसानलाई समृद्ध बनाउन मन्त्रालय लागिरहेको बताए । उनले सरकारले दिएको सहुलियत अनुदानबाट पहुँचवाला किसान मात्रै पोसिने गरेको बताउँदै सम्बन्धित किसानलाई पनि अनुदान दिनको लागि अनुदान किसानकै बैंक खातामा जम्मा गरिनुपर्ने बताएका छन् ।

मन्त्री यादवले सरकारले किसानका लागि घोषणा गरेको राहत प्याकेज पारदर्शी बनाउन त्यसका लागि कार्यविधि बनाइएको पनि बताए ।

प्रतिक्रिया