राष्ट्रपतिद्वारा दुवै सदनको चालु अधिवेशन अन्त्य
नेपालखोज
२०७८ कार्तिक १२ गते २१:३०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजदेखि अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार आज चालु अधिवेशन अन्त्य गरेकी हुन् ।
यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ ।
सम्बन्धित

प्रतिक्रिया