आजको मौसम : प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १३ गते ६:२२

काठमाडौं । पछिल्लो समयम देशको मौसममा सुधार आएको छ । आज पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी स्थानमा सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती पनि देशको पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया