आइतबार, वैशाख २३, २०८१

कार्यवाहक प्रधानमन्त्री खाँणले गरे सर्वसाधारणको लाइनमा बसेर पशुपतिको दर्शन

नेपालखोज २०७८ कार्तिक १३ गते ११:३७

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् ।

उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरे । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको उनले दर्शन गरे ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थिए ।

दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।

प्रतिक्रिया