हत्याको आरोपमा एक पक्राउ

नेपालखोज २०७८ कार्तिक १३ गते १५:३४

कैलाली । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद  छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ । रासस

प्रतिक्रिया