‘अपराध न्यूनीकरणमा नागरिक समाजको पहल आवश्यक’

नेपालखोज २०७८ कार्तिक १३ गते २१:२६

काठमाडाैं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेकाले प्रहरी र नागरिक समाज मिलेर अपराध न्यूनीकरणमा लाग्नुपर्ने बताएका छन् ।

भक्तपुरमा आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले समाजमा घट्ने चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयंले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताए ।

न्यायालयको क्षेत्रमा देखिएको विकृति विसंगतिबारे चर्चा गर्दै उनले नगरप्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरूका हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको बताए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे चित्रण गर्नुहुँदै प्रहरी प्रशासनले सामाजिक सद्भाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताए । रासस

प्रतिक्रिया