एएफसी २३ वर्षमुनिको एसियन कप : नेपाल र लेबनान भिड्दै
नेपालखोज
२०७८ कार्तिक १४ गते ६:४६

काठमाडौं । एएफसी २३ वर्षमुनीको एसियन कप छनोट खेलमा आज नेपाल र लेबनान खेल्दैछन् । यो छनोट चरणको अन्तिम खेल हो ।
खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल मैदानमा दिउँसो पौने ५ बजे सुरु हुनेछ । नेपाल र लेबनान यसअघिका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
अंकविहीन नेपाल तालिकामा पुछारमा छ । ताजिकिस्तान शीर्ष स्थानमा छ । समूहको शीर्ष टोलीले एएफसी २३ वर्षमुनीको एसियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्षमुनीको एसियन कपमा छनोट हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया