मंगलबार, वैशाख १६, २०८२

जी–२० शिखर सम्मेलन कोरोना महामारी र जलवायु परिवर्तनमा केन्द्रित

नेपालखोज २०७८ कार्तिक १४ गते ७:३५

काठमाडौं । जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ ।

इटलीको राजधानी रोममा सुरु सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधि सहभागी छन् ।

चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।

सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफल केन्द्रित भएको थियो । त्यसैगरी दोस्रो दिन आज ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’ मा केन्द्रित हुनेछ । सम्मेलनको नेतृत्व सम्मेलन आयोजक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन् ।

प्रतिक्रिया