सुन आज ३ सय रूपैयाँले घट्याे
नेपालखोज
२०७८ कार्तिक १४ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज ( आइतबार) सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९२ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ ।
आज तेजावी सुन ३ सय रूपैयाँले नै घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया