इजलास बहिष्कार गर्ने न्यायाधीशको विरोधमा कलाकारले गरे सडक नाटक (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक १४ गते १५:४८


काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै कलाकारहरुको एक समुहले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायापालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप कलाकारहरुको समुहले मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् ।

उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । मुद्धा सुनुवाइ गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजिनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायतको प्लेकार्ड प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया