टी ट्वान्टी विश्वकप : भारत समूह चरणबाटै बाहिरिने सम्भावना

नेपालखोज २०७८ कार्तिक १५ गते ६:३६

काठमाडौं । जारी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रोपटक हार व्यहोरेको छ । आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले हराएको हो ।

यो जितसँगै सुपर १२ समूह २ मा रहेको न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ पराजित भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

सुपर १२ समूह २ मा पाकिस्तान ३ खेलमा सबैमा जित निकाल्दै शीर्ष स्थानमा छ भने अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार व्यहोर्दै दोस्रो स्थानमा छ ।

न्युजिल्यान्ड तेस्रो, नामिबिया चौथो र समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंकविहीन अवस्थामा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

प्रतिक्रिया