माल्दिभ्सले दिएको एस्ट्राजेनेका खोप आइपुग्यो

नेपालखोज २०७८ कार्तिक १५ गते ८:३५

काठमाडौं । माल्दिभ्स सरकारले दिएको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राति नेपाल आइपुगेको छ । खोप माल्दिभ्सले उपहारस्वरुप उपलव्ध गराएको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ः३० बजे खोप नेपाल आइपुगेको छ ।

उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोप केही दिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाइने ढुंगानाले बताए ।

प्रतिक्रिया