राष्ट्रपति भण्डारी मनाङको स्याउबारीमा (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक १५ गते १०:४९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केहि बेर अघि मनाङ पुगेकी छन्। भण्डारी नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ गएकी हुन् । उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउबारीको अवलोकन गरेकी छन्।

उनले आजै गत वर्षायाममा आएको बाढी र पहिरोले क्षतिग्रस्त स्थानको समेत अवलोकन गर्ने कार्यक्रम छ । भण्डारी हिजो मुक्तिनाथ र लुम्बिनी पगेकी थिइन् भने अस्ति मुक्तिनाथ र ढोरपाटन सिकार आरक्षको अवलोकन गरेकी थिइन्।

तस्बिरहरु रासस ।

प्रतिक्रिया