शनिबार, जेठ ५, २०८१

प्रतिकित्ता ५० रुपैयाँमा हाथवेको आईपीओ आउँदै

नेपालखोज २०७८ कार्तिक १५ गते ११:००

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँका दरले साधारण सेयर (आईपीओ) को सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि हाथवेले निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर (आईपीओ) को सार्वजनिक निष्कासनका लागि क्यापिटलसँग सम्झौतासमेत गरिसकेको छ ।

ग्लोबल आईएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा हाथवेका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया