बुधबार, जेठ २, २०८१

रिलायन्स फाईनान्स १४ औं वर्षमा प्रवेश

नेपालखोज २०७९ मंसिर १९ गते २०:००

काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेड आफनो सेवा प्रदान गर्दै आएको १३ वर्ष पूरा गरि १४ औं वर्षमा प्रवेश गरेको छ ।

काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको फाईनान्सले यस अवधिमा न्यूरोड काठमाडाैं, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके शाखा सहित २१ वटा शाखा कार्यालयहरुले सेवा पुर्याउँदै आएको छ ।

वार्षिकोत्सवको अवसरमा फाईनान्सले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाएको छ । सोही क्रममा फाईनान्सको १३ औं बार्षिकउत्सवको अवसरमा आईतबार काठमाडाैं जिल्ला, सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबार विहीन सुस्त मनस्थिती भएका बालबालिकाहरु तथा मानवसेवा आश्रम, रानीवन काठमाण्डौमा रहेका आश्रीत बालवालिका तथा बृद्धहरुलाई आवश्यक पर्ने औषधी सामाग्रीहरु वितरण गरेको छ ।

साथै फाईनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत फाईनान्सको महेन्द्रनगर शाखाले महाकाली क्षेत्रिय अस्पताल महेन्द्रनगरमा रहेका गरिब विरामीहरुलाई फलफुल वितरण गरेको, कोहलपुर शाखाले कोहलपुर स्थित नेपाल राष्ट्रिय प्रा.वि.मा अध्ययनरत विधार्थीहरुलाई युनिफर्म वितरण गरेको र लमजुङ्ग शाखाले चिसापानी लमजुङ्ग स्थित कालिका मिलन माध्यामिक विद्यालयलाई आवश्यक पर्ने प्रिन्टर सहित स्टेसनरी सामग्री वितरण गरेको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा फाईनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, संचालक विनोद कुमार तण्डुकार, संचालक तुल्सी प्रसाद बराल र संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन । फाईनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई मोवाईल बैंकिङ मार्फत बिभिन्न भुक्तानी सेवा, एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरु, सि आस्वा, आईपिएस, कनेक्ट आईपिएस, मोवाईल बैंकिङ लगायतका अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दे आएको छ ।

प्रतिक्रिया