सुन चाँदीकै मूल्य बढ्यो, आजको भाउ कति ?
नेपालखोज
२०७८ कार्तिक १५ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।
आज तेजावी सुन १ सय रूपैयाँले नै बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया