कांग्रेस नेतृ कोइरालाले गरिन् सभापतिमा उम्मेद्वारी घोषणा

नेपालखोज २०७८ कार्तिक १५ गते १३:४६

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व.गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेद्वारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिइन् ।

मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको कोइरालाले बताइन् । उनले मलुकका सबै संवैधानिक अंगले निष्पक्ष ढंगले कार्य गर्नुपर्नेमा जोड दिइन् ।

केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने बताइन् ।

उनले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता औंल्याइन् । –रासस

प्रतिक्रिया