आइतबार, वैशाख २३, २०८१

आशा लघुवित्त : पहिलो त्रैमासिकमा ४ करोड खुद मुनाफा

नेपालखोज २०७८ कार्तिक १५ गते १३:५९

काठमाडौं । आशा लघुुवित्त वित्तीय संस्थाले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड २३ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाको यस्तो नाफा नौ लाख ५३ हजार रुपैंयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुंजी २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ छ ।

संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ४० करोड ७४ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३५ करोड ५० लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा आठ करोड ७८ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २५ लाख ४२ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात भने चार दसमलव ३७ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने संस्थाले ९३ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६५ करोड ४२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड २९ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय थियो ।

प्रतिक्रिया