शुक्रबार, जेठ ३, २०८२

टी-२० क्रिकेट वरियतामा नेपालको सुधार

नेपालखोज २०७८ कार्तिक १५ गते १४:३९

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी-२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया