मंगलबार, असार १७, २०८२

एसयूभीकाे बढ्दाे क्रेज र मागलाई मध्यनजर गर्दै नयाँ गाडी बजारमा ल्याउँदै टाेयाेटा

नेपालखोज २०७८ कार्तिक १५ गते २१:३७

काठमाडाैं । एसयूभीकाे बढ्दाे क्रेज र मागलाई मध्यनजर गर्दै टाेयाेटाले नयाँ गाडी फ्रन्टल्यान्डर चाडैं बजारमा उतार्ने अपेक्षा गरिएकाे छ ।

दिग्गज जापानी अटोमेकर टोयोटाले चाडैं आफ्नो नयाँ एसयूभी लन्च गर्न गइरहेकाे छ । टोयोटाकाे फर्च्यूनर एसयूभी सेगमेन्टमा पहिलेदेखि नै लाेकप्रिय छ ।

कम्पनिले यो नयाँ एसयूभीबाट पनि फर्च्यूनरकाे जस्तै सफलताकाे आशा गरेकाे छ । एसयूभीकाे बढ्दाे क्रेज र मागलाई मध्यनजर गर्दै टाेयाेटाले याे नयाँ गाडी चाडैं बजारमा उतार्ने अपेक्षा गरिएकाे छ ।

लुक र नाम टाेयाेटाले याे नयाँ एसयूभीकाे नाम टोयोटा फ्रन्टल्यान्डर राखेकाे छ र हालै यसकाे टिजरसमेत जारी गरिएकाे थियाे । याे एसयूभीकाे लुक टाेयाेटा कै एसयूभी कोरोला क्रसबाट प्रेरित देखिन्छ ।

याे नयाँ एसयूभीकाे दुवै साइडकाे लुक कोरोला क्रस जस्तै देखिन्छ भने हेड ल्याम्प , फ्रन्ट ग्रिल र बम्पर कोरोलाभन्दा अलग छ । टाेयाेटाले आफ्नो अर्को एसयूभी कोरोला क्रस पहिले नै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।

टाेयाेटा फ्रन्टल्याडरकाे इन्जिन यो एसयूभी टाेयटाकाे TNGA माेडुलर प्लेटफर्ममा निर्माण भएकाे छ । टाेयाेटाले आफ्ना कैंयन माेडलका गाडी यहि प्लेटफर्म निर्माण गर्दै आएको छ ।

टोयोटा फ्रन्टल्याडरमा १.८ लीटरकाे पेट्रोल इन्जिनका साथ हाइब्रिड टेक पनि प्रयोग गरिएकाे छ । त्यसका अतिरिक्त टोयोटा फ्रन्टल्यान्डरमा स्टेडर्ड भेरियन्टहरुमा प्रयोग हुने आल व्हील ड्राइव ( AWD ) फीचर पनि प्रयोग हुने अपेक्षा गरिएको छ ।

भनिन्छ टोयोटाकाे याे एसयूभी सुरुमा चिनियाँ बजारमा लन्च हुनेछ । टोयोटा फ्रन्टल्यान्डर कहिले सम्ममा नेपालमा उपलब्ध हुन सक्छ भन्ने कुराकाे कुनै जानकारी उपलब्ध छैन ।

प्रतिक्रिया