शनिबार, वैशाख १३, २०८२

मंगलबार भुलेर पनि यी काम गर्न हुँदैन !

नेपालखोज २०७८ कार्तिक १६ गते ५:००

पौराणिक कथाहरूमा, भगवान् हनुमानलाई शिवको ११औं अवतारको रूपमा वर्णन गरिएको छ । पवनपुत्र हनुमानलाई कलियुगका देवता भनिन्छ । यही कारणले गर्दा मानिसको कुण्डलीमा शनि, मंगल, राहु र केतु जस्ता अशुभ ग्रहहरू भएमा मंगलबार हनुमानको पूजा गर्ने सल्लाह दिइन्छ । यस दिन हनुमानको पूजा गर्नाले धेरै ग्रहहरूको नकारात्मक प्रभाव कम हुने जनाइएको छ ।

आज हामी तपाईंहरुको लागि केही यस्ता कामहरु लिएर आएका छौं जुन मंगलबार गर्न हुँदैन । यदि मंगलबार यी कामहरू गरिएमा धेरै अशुभ मानिन्छ र तपाईंले अनावश्यक समस्याहरू सामना गर्नुपर्नेछ ।

मंगलबार व्रत बस्नेले नुनलाई भुलेर पनि खानु हुँदैन । यस दिन मिठाई दान गर्नु शुभ मानिन्छ । तर मिठाई दान गर्नेले मिठाई आफैं खानु हुँदैन । हनुमानलाई प्रसन्न पार्नका लागि उनका भक्तहरूले पूजा र हवन गर्छन्, तर ध्यान राख्नुहोस्, मंगलबार हवन गर्नु हुँदैन । यस दिन कपाल र नङ काट्नु पनि अशुभ मानिन्छ ।

यस दिन फलामका सामान किन्नु पनि अशुभ मानिन्छ । यस दिन कुनै पनि प्रकारको फलामको सामान किन्नु हुँदैन । साथै यस दिन स्टिलका भाँडाहरू किन्नु हुँदैन । मंगलबार खाना बनाउँदा खाना न डडोस् भन्ने कुरामा ध्यान दिनुहोस् ।

यस्तो भयो भने अशुभ मानिन्छ । हनुमानलाई प्रसन्न पार्न चाहनुहुन्छ भने मंगलबार गुड़ चढाएर गाईलाई खुवाउनुहोस् । साथै मंगलबार रातो रुमाल गोजीमा राख्नु पनि निकै शुभ मानिन्छ । हनुमानजीको तस्बिरको अगाडि चमेलीको तेलको दियो जलाउनु धेरै शुभ मानिन्छ ।

प्रतिक्रिया