इंग्ल्याण्ड आईसीसी टी–२०विश्वकपको सेमिफाइनलमा
नेपालखोज
२०७८ कार्तिक १६ गते ९:४२

काठमाडौं । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सारजहामा गएराति भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ ।
चार खेल खेलको इंग्ल्याण्ड एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रनमा समेटियो । श्रीलंकाका वाविन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । इंग्ल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २-२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १-१ विकेट लिए ।
वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए । समूह एकमा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले ४ खेलमा ८ अंक जोडेको छ । चौथो स्थानमा रहेको श्रीलंकाको ४ खेलमा २ अंक छ ।
सम्बन्धित
प्रतिक्रिया