सुन चाँदीकै मूल्य बढ्यो

नेपालखोज २०७८ कार्तिक १६ गते १०:३९


काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

आज तेजावी सुन २ सय रूपैयाँले नै बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया