सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै पेसी
नेपालखोज
२०७८ कार्तिक १६ गते १२:५४

काठमाडौं । सर्वोच्च अदालतमा आज (मंगलबार) पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेसी तोकिएको छ । हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइका लागि पेसी तोकिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेसी तोकेका हुन् । उनले आज पनि आफ्ना लागि इजलास गठन गरेका छैनन् ।
यसैबिच प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया