शनिबार, जेठ ४, २०८२

बेलायतमा २४ घण्टामा ४० हजार संक्रमित थपिए

नेपालखोज २०७८ कार्तिक १६ गते १३:३३


लन्डन । बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका संक्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ ।

गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ । रासस\सिन्ह्वा

प्रतिक्रिया