भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

पेरिस । भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यो संख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कुल संक्रमितको संख्याको ०.४५ प्रतिशत मात्रै हो । अर्थांत हाल सक्रिय संक्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो ।
यसअघि झन्डै १३ हजारको हाराहारीमा दैनिक संक्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ । सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै कोरोना सुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन् ।
भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ । यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ । रासस\एएनआई
प्रतिक्रिया