शनिबार, जेठ ५, २०८१

लगानी गर्न सकिने ५ क्रिप्टोकरेन्सी

नेपालखोज २०७८ कार्तिक १६ गते १४:५८

काठमाडौं । अनेकौं विकल्पका कारण कुन क्रिप्टोकरेन्सीमा लगानी गर्ने भन्ने निर्णय लिन त्यति सहज छैन । यद्यपि केही क्रिप्टोकरेन्सी टप लिस्टमा छन् जसमा लगानी गर्नु अहिलेका लागि उपयुक्त हुन्छ । सोच-विचार गरेर सुरुमा कम रकम लगानी गरी यसको सुरुवात गर्न सकिन्छ । नेपालखोजले केही दिन पहिले पाँचवटा टप क्रिप्टोकरेन्सीको जानकारी दिएको थियो । आज प्रस्तुत छ थप पाँचवटा उत्कृष्ट क्रिप्टोकरेन्सी जसमा लगानी गर्न सकिन्छ ।

एक्सआरपी
एक्सआरपी (XRP) को निर्माण डिजिटल टेक्नोलोजी कम्पनी Ripple को टिमले गरेको हो । यसको प्रयोग नेटवर्कका रुपमा अलग-अलग टाइपको करेन्सी एक्सचेन्ज गर्न गरिन्छ । यसमा फिएट करेन्सीका अतिरिक्त अन्य प्रमुख क्रिप्टोकरेन्सी पनि सामेल छन् । अगस्त २०२१ को अन्त्य तिर XRP को मार्केट क्याप ५२ बिलियन डलर थियो ।

Dogecoin
यो ४० बिलियन डलरभन्दा बढी भ्याल्युको क्रिप्टोकरेन्सी हो । २०१७ मा Dogecoin को भ्याल्यू ०.०००२ डलर थियो । आज यसको भ्यालु ०.३१ डलर माथि पुगिसकेको छ । यसको अर्थ पाँच वर्षमा यो क्रिप्टोकरेन्सीमा १५४९००० प्रतिशत को वृद्धि हुनु हो ।

Polkadot
Polkadot क्रिप्टोकरेन्सी २०२० मा लन्च भएको हो । एक वर्ष नपुग्दै यसको भ्याल्यु २.९३ डलरबाट बढेर २५.६१ डलरभन्दा माथि पुगेको छ अर्थात् यसमा ७७४ प्रतिशतको वृद्धि देखिएको छ । Polkadot ले क्रिप्टोकरेन्सीको नेटवर्क बनाउने प्रयास गरिरहेको छ जसले विभिन्न ब्लकचेनलाई जोड्ने काम गर्छ ताकि उनीहरुले मिलेर काम गर्न सकून् ।

USD Coin
USD क्वाइन एउटा स्टेबल क्वाइन हो । यसको मार्केट भ्याल्यु २३ बिलियन डलर छ । त्यसमा लगातार बढोत्तरी पनि भइरहेको छ । यो क्रिप्टोकरेन्सी Ethereum द्वारा सञ्चालित छ र यसको प्रयोग ट्रान्जेक्सनका लागि संसारभर कहीँ पनि गर्न सकिन्छ ।

Solana
Solana २० बिलियन डलरभन्दा बढी क्याप भएको क्रिप्टोकरेन्सी हो । यो हालै आफ्नो युनिक हाइब्रिड प्रूफ-अफ-स्टेक र प्रूफ-अफ-हिस्ट्री म्याकेनिज्मका लागि चर्चामा थियो । यी म्याकेनिज्मले ट्रान्जेक्सनलाई छिटोछरितो र सुरक्षित बनाउन मद्दत पुर्‍याउँछन् । Solana पनि २०२० मै लन्च भएको हो । सुरुमा यसको मूल्य ०.७७ डलर थियो भने आज यसले ९४०५ प्रतिशत वृद्धि का साथ ७३.१९ डलरमा कारोबार गरिरहेको छ ।

प्रतिक्रिया