प्रदेश २ को प्रादेशिक प्रयोगशाला विस्तार

काठमाडौं । प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई विस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई विस्तार गरिएको हो ।
निजी प्रयोगशालमा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो ।
कार्यक्रममा बोल्दै समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताए । उनले कोरोनालगायतका विविध कारण यसको बाधक बनेको बताए । उनले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताए ।
कार्यक्रममा बोल्दै प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताए । उनले जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । उनीहरुको लागि पैसा र समय दुबै वचत हुने बताए । उनले आफू प्रदेश सरकार र स्थानिय पालिका स्तरसम्ममा यसको दायरा विस्तारमा लागेको बताउँदै दायरा विस्तार भएसँगै सेवा प्रवाह हुने बताए ।

प्रतिक्रिया